उन्नति महिला समुहको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

उन्नति महिला समुहको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, जेठ २१।

उन्नति महिला समुहको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको घटराज मेमोरियल स्कुलमा भएको उक्त रक्तदान कार्यक्रममा ३५ जना भन्दा बढीले रक्तदान गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी कपन उपशाखा र उमङ्ग साकोस को सह आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा  लायन्स क्लव अफ नारायणस्थानको पनि सहयोग रहेको थियो।

सो कार्यक्रममा बागमती प्रदेसका पुर्व प्रदेस सभा सदस्य कुसुम कुमार कार्की सहित नेपाली कांग्रेसका नेताहरु रबिन अधिकारी, बिनोद बाबु प्रधान, ललिता गुरुङ,रिता बुढाथोकी, राम बिनोद लामिछाने, नेबी संघका केन्द्रिय सदस्य पवन थापा ,सुवाष घिमिरे लगायतको उपस्थिति रहेको अन्जली खतिवडाले जानकारी दिएकी छन ।

तपाइँको प्रतिक्रिया ।