अखिल नेपाल महिला संघ बुढानिलकण्ठ-१२ को बनभोज कार्यक्रम सम्पन्न

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ-१२ को बनभोज कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ १३।

अखिल नेपाल महिला संघ बुढानिलकण्ठ  नगरपालिका वडा नं १२ को बनभोज कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको सहिद पार्कमा भएको सो बनभोज कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बागमती प्रदेस सभा सदस्य जयराम थापा , रास्ट्रीय प्रतिनिधि परिषद सदस्य तथा नगर प्रवक्ता नवराज भट्टराई , बागमती प्रदेस कमिटी सदस्य तथा नगर प्रमुख मिठाराम अधिकारी, प्रदेस लेखा आयोग सदस्य केदारराज पुडासैनी, नगर कमिटी उपाध्यक्ष शम्भु प्रसाद भट्टराई, नगर कार्यपालिका सदस्य तथा नेकपा एमाले वडा नं १२ इन्चार्ज शान्ता ढकाल पुडासैनी सहित अनेम संघका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

अनेम संघ बुढानिलकण्ठ -१२ कमिटीकी अध्यक्ष निर्मला ढकाल न्यौपानेको अध्यक्षतामा भएको सो बनभोजमा अनेम संघ बागमती प्रदेस कमिटी सदस्य बिन्दा गौतम ,जिल्ला कमिटी सदस्य सावित्री ढकाल ,रोजु गौतम, महिला संजाल अध्यक्ष गीता रिजाल लगायतको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।