लियो जिल्ला परिषद ३२५ जे नेपालको बोर्ड घोषणा गर्ने मिति तय

लियो जिल्ला परिषद ३२५ जे नेपालको बोर्ड घोषणा गर्ने मिति तय

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ४।

लियो जिल्ला परिषद ३३५ जे नेपालको बोर्ड घोषणा तथा प्रशिक्षण कार्यक्रम जेठ ३२ र असार १ गते काठमाडौंमा हुने भएको छ।

लियो जिल्ला परिषद ३२५ जे नेपालका प्रवक्ता लियो सुदिप राज फुयालले दिएको जानकारी अनुसार लायन बर्ष २०२४/२५ को लागि जिल्ला परिषदमा रहने बोर्डका पदाधिकारीहरुको मनोनय तथा प्रशिक्षण हुने उक्त कार्यक्रम चन्द्रागिरी मा रहेको होटेल ब्लु हेभनमा हुने भएको हो।

यस कार्यक्रममा मनोयन र प्रशिक्षणका साथै आगामी बर्षको लागि जिल्ला परिषदको संरचना तथा मार्ग तय समेत हुने प्रवक्ता फुयालले जानकारी गराए। निर्वाचित जिल्ला अध्यक्ष लियो सबिन भट्टराईले मनोनीत गर्ने बोर्ड सदस्यहरुले जुलाई १ बाट कार्यभार सम्हाल्ने छन ।

तपाइँको प्रतिक्रिया ।