राष्ट्रिय तेक्वान्दो संघ नेपालको अध्यक्षमा महेश्वर फुयाल

राष्ट्रिय तेक्वान्दो संघ नेपालको अध्यक्षमा महेश्वर फुयाल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ४।

राष्ट्रीय तेक्वान्दो संघ– नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्षमा धुर्वबहादुर गुरुङ, शनिस लागेजु र ज्ञानेन्द्र विश्वकर्मा, महासचिवमा राकेशकुमार राई, उप महासचिवमा ईश्वर सापकोटा, सचिवमा अमृत तामाङ, सुवास तामाङ, देवराज पराजुली, ममता अधिकारी, सञ्जयलाल श्रेष्ठ र वुद्धिबहादुर थापा मगर तथा कोषाध्यक्ष पदम राना रहेका छन् ।
घनश्याम गौतम, राधाबहादुर तामाङ, रोशन बोहरा, खड्काबहादुर थापा, गौतममान महर्जन, शेरबहादुर थापा मगर, नारायणसिंह थिङ, विजय पौडेल, गिताकुमारी सुवेदी, जयमान पाख्रिन, रामबहादुर सुनार, पदमबहादुर केसी, सुरज ढकाल र प्रेमबहादुर आले सदस्यमा चयन भए ।

तपाइँको प्रतिक्रिया ।