खेलकुदमा बालवालिकाको सुरक्षा तथा संरक्षण नीति बनाउन छलफल

खेलकुदमा बालवालिकाको सुरक्षा तथा संरक्षण नीति बनाउन छलफल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २।

खेलकुदमा बालवालिकाको सुरक्षा तथा संरक्षणका लागि नीति बउाउने विषयमा मंगलबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र सीडब्लुआईएनका अध्यक्ष माधव प्रधान नेतृत्वको टोलीबीच छलफल भएको हो ।
सदस्य–सचिव घिसिङले नीति बनाउन सरोकारवाला सबैसंग बृहत छलफल गरी निचोडमा पुग्नु पर्ने धारणा व्यक्त गर्दै कमिटी गठन गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सदस्य–सचिव घिसिङले खेलाडी, प्रशिक्षकलगायतलाई आवश्यकता अनुसार तालिम दिनु पर्नेमा पनि जोड दिए ।
राखेप र सीडब्लुआईएनबीच राष्ट्रिय बाल अधिकार परिषद्संग समन्वय गरी नीति बनाउने विषयमा पनि छलफल भएको थियो ।

तपाइँको प्रतिक्रिया ।