विद्यार्थी नेता काफ्लेद्वारा ६०१ टहरा समुदायलाई हस्तान्तरण

विद्यार्थी नेता काफ्लेद्वारा ६०१ टहरा समुदायलाई हस्तान्तरण

३२ साउन । भूकम्पबाट प्रभावित बनेका दोलखाका ६०१ परिवारका लागि नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष कुन्दनराज काफ्लेको संस्था लोकतान्त्रिक युवा सञ्जाल दोलखाले अस्थायी टहरा निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

Kundan bro

भूकम्प आएलगत्तै सो संस्थाले ६०१ वटा टहरा निर्माण गर्ने घोषणाको साथ कार्य थालनी पसेका थिए । विभिन्न सङ्घसंस्था र व्यक्तिहरुसँग सहयोग उठाएर लोकतान्त्रिक युवा सञ्जालले टहरा निर्माण गरी गरिब, दलित, जनजाति र पिछडिएका वर्गका समुदायलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष काफ्लेले बताउनुभयो । सदरमुकाम चरिकोटमा एक पत्रकार सम्मेलनको आयोजना गरी अति प्रभावित गाविसका नागरिक, अति विपन्न वर्ग थामी, सुरेल, दलितलगायत अन्य जनजाति समुदायको अस्थायी पुर्नवासका लागि जस्ताको घरटहरा निर्माण गरिएको अध्यक्ष काफ्लेको भनाइ रहेको छ ।

टहरा निर्माणका लागि नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले एक सय बन्डल, केन्द्रीय सदस्य गगन थापाले एक सय बन्डल, केन्द्रीय सदस्य प्रदीप पौड्यालले ९० बन्डल, रोटरी क्लबले एक सय बन्डल र इन्जिनियर श्रीमती सङ्घले २० बन्डल जस्तापाता सहयोग गरेको कार्यक्रम संयोजक राजु लामाले बताउनुभयो । यस्तै टहरा निर्माणका लागि रु तीन लाख ५३ हजार खर्च लागेको र सो खर्चका लागि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले रु एक लाख ८५ हजार र फूलकुमारी महतो मेमोरियल ट्रष्टबाट रु एक लाख ५० हजार सहयोग गरेको संस्थाका कोषाध्यक्ष कुमार भुजेलले जानकारी दिनुभयो ।

संस्थाले जिल्लाको लाकुरीडाँडा काबे्र, डाँडाखर्क, नाम्दु, मिर्गे, स्यामा, मेलुङ, बोच, चङ्ख्खु, बाबरे र सुरी गाविसमा टहरा निर्माण गरेको बताएका छन् । यस्तै जिल्लामा सञ्चालित चारवटा रेडियोलाई, विद्यालयलाई केही स्थानमा सार्वजनिक टहरासमेत निर्माण गरिएको संस्थाका कोषाध्यक्ष भुजेलको भनाइ रहेको छ ।

तपाइँको प्रतिक्रिया ।