नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय बुद्धिचाल : चार खेलाडी नकआउट सेमिफाइनलमा प्रवेश

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय  बुद्धिचाल : चार खेलाडी नकआउट सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाण्डौ,बैशाख १८।

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको चौथो दिन सात चरणको लिग खेल सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत शिर्ष चार खेलाडीहरु प्रथम पुरस्कार रु. २ लाख ५४ हजार ९ सय मूल्य बराबरको यामाहा सलुटो मोटरसाइकलका लागि छनौट भएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगिताका चार खेलाडी बिच भोलि गोला प्रथावाट १/४ र २/३ गरि सेतो र कालो गोटी लिएर खेल्ने छन्। जित्ने खेलाडीले कमसेकम दोश्रो पुरस्कार नगद रू. ८० हजार दाबि प्रस्तुत गर्ने छन्। हारेका खेलाडीले तेश्रो परस्कार नगद रु.५० हजार र चौथो पुरस्कार नगद रु. ३० हजारका लागि प्रतिस्पर्धा गर्ने छन्।

सेमिफाइनल खेलमा मिलन लामा, क्षितज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवाल प्रवेश गरेका छन्। बहुप्रतिक्षित रु. ६ लाख ३७ हजार ४ सय पुरस्कार राशी रहेको नवौं चेस प्रतियोगितामा आठौं संस्करणका विजेता सिएम मिलन लामा ६.५ अंक लिएर एकल अग्रताका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। मिलनले अन्तिम लिग खेलमा क्षितिज भण्डारी संग १६ चाल चलि सहज समझदारी बराबर गरेका थिए।

मिलनको बराबर प्रस्ताव १५ चाल खेलि स्वीकार गरेका सिएम क्षितिज भण्डारी ६ अंक बनाउदै सेमिफाइनल प्रवेश गरेका हुन्। यसअघि उनले ४.५ अंकवाट खेल्दै काठमाडौंका भेट्रान खेलाडी जनार्दन श्रेष्ठलाई पराजित गरेका थिए।            दोश्रो वोर्डमा सेतो गोटी ई फो वाट खेल शुरु गरेका झापाका राजन सुवेदीलाई सिफाइभ सिसिलियन जवाफ फर्काएका नेपाल च्याम्पियन रुपेश जैसवाल जित्नै पर्ने दबाबमा थिए। राजन सुवेदी ५ अंकवाट खेल्दै रुपेश संग .५ अंक खोसेर डाइरेक्ट इन्काउन्टर बुचोल्ज कटवान कटटु  प्रोग्रेसिभको आधारमा छनौट हुन चाहन्थे। तर रुपेशले चार घण्टा लामो खेलमा राजन सुवेदीलाई पराजित गर्दै ६ अंक जोडेर सुपर नकआउट सेमिफाइनल प्रवेश गर्न सफल भएका छन्।

केही समय अगाडि प्रथम वडा अध्यक्ष कप चेस खेलका आयोजक जयकृष्ण बोगटीले शुभारम्भ गरेको छैटौं खेलमा सातौं संस्करणका विजेता केशव श्रेष्ठ संग बराबर गरि ५ अंक बनाएका युवा च्याम्पियन पुरुषोत्तम सिलवालले अन्तिम लिगमा पूर्व तिन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई कठिन खेलमा पराजित गर्दै ६ अंकका साथ  सेमिफाइनलको स्थान सुरक्षित गर्न सफल बनेका छन्।

कूल ११५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिर्षस्थ खेलाडीको सहभागीता रहेको सातौं चरणको बुद्धिचाल खेल ललितपुर जिल्लाका युवा नेता सानुबाबु महर्जनले शुरु गरेका थिए। सातौं चरणको खेल पश्चात् नकआउट प्रवेश गरेका चार खेलाडी बाहेक बाकीले सुपर लिग खेल खेल्ने छन्।

प्रतियोगिता आयोजक लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष देवेन्द्र कुमार शेरचनका अनुसार नौं चरणको लिग खेलका विजेताले नगद रु. २५ हजार, उप विजेताले १५ हजार, तेश्रो हुनेले १० हजार गरि पन्ध्र खेलाडीले पुरस्कार  लिने छन्। यसैगरी विभिन्न विधामा थप २१ जना खेलाडीहरुले समेत पुरस्कार पाउने छन्। प्रतियोगिताको सुपर नकआउट खेल बिहान र सुपर लिग दिउँसो २ बजे नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा हुनेछ।

तपाइँको प्रतिक्रिया ।