गजल : नम्रता श्रेष्ठ

गजल : नम्रता श्रेष्ठ

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

तिमी सङ बिताएको मिठो पल भुल्न कहा सक्छु र
तिमी सङै बुनेको सपना हरु कुल्चन कहाँ सक्छु र ।

यो मुटु त सधै भरी तिम्रै नाममा धडकिन्छ नि
तिम्रो याद आउने बाटो छेक्न कहाँ सक्छु र ।

गुलाफ फुलको सुवास बनी आयौ मेरो जीवनमा
तिमी बिना एक्लै बगैंचामा डुल्न कहाँ सक्छु र ।

बसन्त को पालुवा झै मौलाउदै छ हाम्रो माया
चैत मास को खडेरि झै सुक्न कहाँ सक्छु र ।

मेरो सारा खुसी अनि संसार तिमी हौ नि
तिमी बिना यो जिन्दगी सोच्न कहाँ सक्छु र ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।