बुढानीलकण्ठमा अनलाईन कर भुक्तानी सेवा सुरु

बुढानीलकण्ठमा अनलाईन कर भुक्तानी सेवा सुरु

कपन अनलाइन

काठमाण्डौ,बैशाख ६।

बुढानीलकण्ठ नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख मिठाराम अधिाकारीले बताएका छन  ।

अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नेछन् । पालिका आएर कर भुक्तान गर्दा लामो सय खर्चनुपर्ने र पालो पर्खनु पर्ने झन्झटबाट मुक्त भएको अधिकारीले बताए ।

सेवा प्रवाहमा सूचना प्रविधिका नविनतम् उपाय, उपकरण, विधि र माध्यमहरूको प्रयोग गरी छिटो, पारदर्शी, जबाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य भएको अधिकारीले बताएका छन । यहाँ नगद रहित राजस्व सङ्कलन गर्न मिल्ने गरी क्युआर भुक्तानी समेतको सुरुवात गरिएको छ ।

नगरपालिका मात्र नभई यहाँका १३ वटै वार्डमा कर अनलाइन तिर्ने व्यवस्था गरेको राजश्व अधिकृत सञ्जय ढुङ्गानाले जानकारी दिनुभएको छ ।

नगरपालिका सुचना प्रविधि अधिकृतका अनुसार सेवाग्राहिहरुले https://eservice.budhanilkanthamun.gov.np मा लगईन गरी कर तिर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।