निर्माण ढिलो गरेको भन्दै स्थानीयहरुले प्रदर्शन सहित खरिबोट-पैयाटार सडक बन्द गरे….

निर्माण ढिलो गरेको भन्दै स्थानीयहरुले प्रदर्शन सहित खरिबोट-पैयाटार सडक बन्द गरे….

कपन अनलाइन

काठमाण्डौ,बैशाख ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र १२ को मुख्य सडकका रुपमा रहेको खरिबोट -पैयाटार सडक स्थानीयहरुले बन्द गरेका छन। ठेकेदारले निर्माणमा ढिलाई गर्दा सवारी आवागमनमा बाधा पुगेको र विभिन्न समस्या आएको भन्दै स्थानीयहरुले अजाज बिहान देखि सडकमा अवरोध गरेका हुन्।

२०८१ जेष्ठ महिना सम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनि श्री कौशिल बस्नेत /लोपूर्ण जेभीले समयमा काम नगरेको भन्दै सडक नै अवरुद्ध गर्न बाध्य हुनुपरेको प्रदर्शनमा उत्रेका स्थानीयहरुले बताएका छन ।

१२ करोड १९ लाख ८३ हजार ८९२ रुपैयामा ठेक्का सम्झौता भएको सो सडक निर्माण नहुँदा वडा नं ११ र १२ का स्थानीयहरु पिडित बन्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया ।