चैत ३० गते बिहान ७ बजेदेखि तौलुंग चौतारामा बागद्वारको मुख्य मुर्ति दर्शनका लागि राखिने

चैत ३० गते बिहान ७ बजेदेखि तौलुंग चौतारामा बागद्वारको मुख्य मुर्ति दर्शनका लागि राखिने

कपन अनलाइन

काठमाण्डौ,चैत २८।

शिवपुरी पर्वत शृंखलामा रहेको बागमती नदीको मुहान बागद्वारको मुख्य मुर्ति दर्शन गर्न सकिने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको सो पवित्र धार्मिक स्थलमा लाग्ने मेला तथा धार्मिक अनुष्ठानका लागि लगिने बागद्वारको मुख्य मुर्ति दर्शनका लागि राखिने वडा अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिएका छन।

पौराणिक काल देखि हरेक वर्षको अन्तिम दिन बागद्वारमा मूल मुर्ति राख्ने प्रचलन भएको बताउदै अध्यक्ष लामाले यस पटक वडा नं १ को तौलुंग चौतारामा  बिहान ७ बजे देखि ९ बजे सम्म  दर्शनका लागि राख्न लागिएको जानकारी दिएका हुन्।

सो दिन बागद्वार र विष्णुद्वारमा स्नान गरेर टोखा नगरपालिकाको सपन तिर्थमा पुगेर यात्रा समापन गर्ने चलन रहेको छ। शिवपुरी रास्ट्रिय निकुन्जमा सो दिन कुनैपनि शुल्क नलाग्ने बताउदै अध्यक्ष लामाले आगामी बजेट र योजना निर्माण गर्दा बागद्वारलाई प्रमुख प्राथमिकतामा राख्ने तयारी रहेको जानकारी दिएका छन।

बागमती नदीको मुहान  बागद्वार  जसलाई  नृसिंह तिर्थ पनि भनिन्छ ।बौद्ध धर्मावलम्बी र हिन्दु दुबैले  यहाँ आफ्नो आस्था अनुरुप पुजा गर्दछन । हरेक नेपाली नया बर्ष बैशाख १ गते यहाँ  मेला लाग्ने गर्दछ ।

तपाइँको प्रतिक्रिया ।