बुढानिलकण्ठमा डा.राजन भट्टराईको सक्रियता बढ्यो : अधिवेसन लगत्तै वडाको भ्रमणमा …..

बुढानिलकण्ठमा डा.राजन भट्टराईको सक्रियता बढ्यो : अधिवेसन लगत्तै वडाको भ्रमणमा …..

कपन अनलाइन

काठमाण्डौ,चैत २४।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो अधिवेसन सम्पन्न भए संगै स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले सक्रियता बढाएका छन।

चार दिन लम्बिएको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अधिवेसनमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आन्तरिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. भट्टराईले वडाहरुको भ्रमण समेत सुरु गरेका छन।

नेकपा एमालेको सरकार रहेको समयमा पररास्ट्र मामिला सल्लाहकार रहेका उनले सो समयमा बजेट व्यवस्थापन भएर सम्पन्न भएका र निर्माणाधीन योजनाहरुको अबलोकन गर्ने क्रममा चैत २४ गते बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा भ्रमण गरेका छन।

वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपा एमाले वडा नं २ कमिटीका अध्यक्ष शुसिल लामिछाने सहित नेता तथा कार्यकर्ताहरुको साथमा योजना स्थलमा पुगेका भट्टराईले निर्माण प्रगति र समस्याहरुका वारेमा छलफल समेत गरेका थिए।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।