मण्डिखाटार फर्स्ट एमेच्योर टेनिस प्रतियोगिता सुरु

मण्डिखाटार फर्स्ट एमेच्योर टेनिस प्रतियोगिता सुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत २४।

मण्डिखाटार फर्स्ट  एमेच्योर टेनिस प्रतियोगितामा ६५ वर्ष उमेर समूहको डब्लसमा उपाधि भिडन्त मनोज शमसेर जबरा र विकास जंगबहादुर राणा तथा ध्रुव गुरुङ तथा प्रकाश बोगटीको जोडी बिच हुने भएको छ । मण्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मनोज र विकासको जोडीले विज्ञान प्रधान र राजेन्द्र जंग कार्कीको जोडीलाई ६–१ र ६–१ को  स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसैगरी ध्रुव र प्रकाशको जोडी धीर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीलार्य ६–४, २–६ र १०–८ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।
शुक्रबार नै भएका अन्य इभेन्टेसमा सेमिफाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ । ४५ वर्षको सिंगल्समा महेश श्रेष्ठ, प्रदीप शाह, आशिष सिग्देल, सूर्य गिरीले सेमिफाइनलमा स्थान पक्का गरे । महेश श्रेष्ठले सञ्जिव कुमार श्रेष्ठलाई ७–५ र ६–१को स्कोरमा पराजित गर्दा प्रदीपले यज्ञ भण्डारीलाई ६–२, ६–२ को स्कोरमा स्तब्ध बनाए । त्यस्तै, आशिषले युवराज थापालाई ६–० र ६–२ को स्कोरमा पराजित गर्दा सूर्यले गोपी भट्टराईलाई ६–३ र ७–६ को स्कोरमा चुनौती पन्छाएका थिए ।
यसैगरी ३५ वर्षको डबल्समा देव क्षेत्री र दीप जबरा, सिमान्त गुरुङ र भिष्मजंग गुरुङले सेमिफाइनलमा स्थान बनाए ।  यस्तै, ५५ वर्षको सिंगल्समा विमल कुमार गुरुङ, मनोज शाह,जीवन घिमिरे र प्रदीप शाहले सेमिफाइनलमा स्थान बनाएका छन् ।
४५ वर्षको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठ, धर्म लामीछाने र गोपी भट्टराई, यज्ञबहादुर भण्डारी र सूर्य गिरी र सञ्जिव श्रेष्ठ र मनोज शाहले सेमिफाइनलमा स्थान पक्का गरेका छन ।
५५ वर्षको डबल्समा भगवान कोइराला र प्रकाश बोगटीको, जीवन घिमिरे र सुदर्शन विष्ट, राजु श्रेष्ठ र उत्तम शेर्पा तथा हिमाल शाह र शिब सेढाईंको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।

तपाइँको प्रतिक्रिया ।