शिक्षा सेवालाई जिवनको पहिलो रोजाई बनाएका धर्मराज थापा

शिक्षा सेवालाई जिवनको पहिलो रोजाई बनाएका धर्मराज थापा

कपन अनलाइन

काठमाण्डौ,बैशाख १७।

शिक्षण पेशालाई अँगालेर समाज सुधार गर्छु भन्ने सोच भएका व्यक्तित्व हुन्  व्यक्तित्व हुन् धर्मराज थापा।

उनको जन्म विसं २०२६ साल वैशाख ४ गते बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ चपलीमा भएको हो। उनले आफ्नो औपचारिक शिक्षाको सुरुवात  बुढानीलकण्ठ नगरपालिका वडा नं  ३ मा रहेको ‘बुढानीलकण्ठ माध्यमिक विद्यालय’ बाट गरेका थिए जहाँ उनले कक्षा १ देखि कक्षा ७ सम्मकोअध्ययन  पूरा गरेका थिए।

यस पश्चात उनी  बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको ‘गणेश माध्यमिक विद्यालय’ मा गए जहाँबाट उनले कक्षा ८ देखि कक्षा १० सम्मको माध्यमिक तहको शिक्षा पूरा गरेका थिए।

त्यसबेला  बुढानिलकण्ठ क्षेत्रमा प्रमाणपत्र तह अध्ययन गर्नका निमित्त राम्रो शैक्षिक संस्थाहरू खुलेका थिएनन् जसकारण उनी आफ्नो प्रमाणपत्र तह अध्ययन गर्नका निमित्त ‘नेपाल ल क्याम्पस’ मा भर्ना भए  जहाँबाट उनले आफ्नो प्रमाणपत्र तहको शिक्षा पूरा गरेका थिए।

यसपश्चात् उनलाई अझ थप शिक्षा आर्जन गर्ने सोचका कारण बुढानीलकण्ठ वडा नम्बर ३ मा रहेको बुढानीलकण्ठ क्याम्पसबाट उनले आफ्नो ‘बि.एड’ तहको अध्ययन पूरा गरेका थिए।

विद्यालयमा अध्ययनरत रहँदा  शिक्षकहरूको प्रेरणादायी सन्देश पाएका उनले  शिक्षण पेशामा नै समर्पित हुने र समाजसेवा गर्ने निधो गर्दै   विसं २०४९ सालबाट यही बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको ‘पञ्चकन्या माध्यमिक विद्यालय’ मा एक स्वयंसेवक शिक्षकको रूपमा सेवा प्रारम्भ गरेर  विसं २०५० साल फागुनबाट सो  विद्यालयमा आन्तरिक स्रोतको शिक्षकको रूपमा सेवा सुरु गरेका थिए।

यसको केही समय पश्चात् विसं २०५४ साल जेठ महिनाबाटसो  विद्यालयमा अस्थायी शिक्षकको रुपमा नियुक्त भएका थापा  विसं २०६३ सालबाट स्थायी शिक्षकको रुपमा नियुक्त हुन पुगेका थिए। यसै क्रममा यस विद्यालयमा केही समय स्थायी शिक्षकको रूपमा कार्य गरिसके पश्चात् उनी उक्त विद्यालयको सहायक प्रधानाध्यापक भएर त्यसको लगत्तै प्रधानाध्यापकमा समेत नियुक्त हुन पुगेका थिए।

सो विद्यालयमा लगभग एक वर्षसम्म प्रधानाध्यापकको तहमा कार्य गरिसके पश्चात उनी सरुवा भई  विसं २०७५ साल माघ २८ गतेका दिन बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मुहानपोखरीमा रहेको ‘आत्म विकास प्रा.वि’ मा नियुक्त भएका थिए ।

यस विद्यालयमा सरुवा भएर आइसके पश्चात  विद्यालयमा कसरी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कार्यमा लागि परेका उनले  सो  विद्यालयमा यसै प्रकार एक वर्षसम्म स्थायी शिक्षकको रूपमा कार्यरत भइसके पश्चात  विक्रम सम्वत २०७७ सालबाट  ‘आत्म विकास प्रा.वि’ विद्यालयको प्रधानाध्यापकमा नियुक्त हुन पुगेका थिए।

विद्यालयको प्रधानाध्यापक हुँदा कक्षा ५ सम्म मात्र अध्यापन गराइएकोमा आउदा दिनहरूमा यसलाई माविमा परिणत गर्ने  लक्ष्य राखेका थापाले  कक्षा पाँचबाट कक्षा ८ सम्म थप शैक्षिक कक्षा बढाएर विद्यार्थीहरूलाई अझ थप गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने सोच बनाएर कार्य अगाडी बढाएका छन।

यस उक्त विद्यालयमा स्रोत तथा साधनको उचित मात्रामा उपयोग हुन नसकेको अनुभव गरेका उनि सो समस्या   समाधानका लागि  दिनरात सक्रिय रहेका छन।

स्रोत र साधनको उचित मात्रामा उपयोग गरीसो  विद्यालयलाई स मुहानपोखरी क्षेत्रकै एक उत्कृष्ट नमुना विद्यालयको रूपमा स्थापित गरी अभिभावक वर्गहरूको पहिलो रोजाइको विद्यालयको रूपमा स्थापित गर्ने  भावी योजना बनाएका थापा विद्यार्थीहरूलाई पाठ्यक्रममा भएको शिक्षाभन्दा पनि व्यावहारिक शिक्षा दिनुपर्छ भन्ने योजना बुनेर अगाडी बढिरहेका छन।

तपाइँको प्रतिक्रिया ।