नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा दिलिप थापा मगरको दावी ……

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा दिलिप थापा मगरको दावी ……

कपन अनलाइन
काठमाडौं, चैत १२।

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा दिलिप थापा मगरको दावी गरेका छन।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सदस्य रहेका थापा मगरले चैत १६ र १७ गते हुने अधिवेसनमा उपसचिव पदमा उम्मेद्वारी दिने तयारी गरेको बताएका छन।

लामो समयदेखी कपन क्षेत्रको नेकपा एमालेको संगठन निर्माण र विस्तारमा सक्रिय रहेका थापा मगर साविक कपन गाविस रहदा गाउँ कमिटी सदस्य समेत रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा युवा क्लव र खेल मैदान निर्माण समितीको नेतृत्व गरिरहेका उनले वडा नागरिक मंचमा संयोजकको जिम्मेवारी समेत बहन गरेका छन ।

नेकपा एमाले बुढानिलकण्ठ -११ कमिटीको पुर्व उपाध्यक्ष समेत रहेका थापा मगरले नेकपा एमालेका विभिन्न जन संगठनहरुमा रहेर समेत योगदान पुर्याएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।