नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा सुरेन्द्र लामाको दावी रहने …….

नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा सुरेन्द्र लामाको दावी रहने …….

कपन अनलाइन
काठमाडौं, चैत १२।

नेकपा एमाले बुढानिलकण्ठको उपाध्यक्षमा सुरेन्द्र लामाले  दावी गर्ने भएका छन। चैत १६ र १७ गते हुने दोश्रो नगर अधिवेसनमा नगर कमिटीको उपाध्यक्षमा दावी गर्ने तयारी गरेका लामाले आन्तरिक छलफललाई व्यापक बनाएका छन।

२०७४ र २०७९ सालमा भएको  स्थानीय तहको निर्वाचनमा  बुढानिलकण्ठ नगरपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित भएका लामा लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका पूर्वाधार विकास समितीका संयोजक समेत रहेका लामाले साविक चपली गाउँ कमिटी अध्यक्ष ,वडा कमिटी अध्यक्ष सहित नगर कमिटी सदस्यका रुपमा पनि योगदान दिएका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडामा नेकपा एमालेले प्रतिनिधि छनौट गरेको छ। चैत १२ गते १३ वटा वडाबाट ६२ जना नगर अधिवेसन प्रतिनिधि छनौट भएका छन।

 

तपाइँको प्रतिक्रिया ।