होली विशेष चेकिङ : ७८४ ओटा सवारी साधन होल्ड, मापसे १३५ र लापसे गर्ने १२ जना नियन्त्रणमा

होली विशेष चेकिङ : ७८४ ओटा सवारी साधन होल्ड, मापसे १३५ र लापसे गर्ने १२ जना नियन्त्रणमा

कपन अनलाइन
काठमाडौं,चैत ११।
फागु पूर्णीमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन ।
होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९०स्थानमा गरिएको विशेष चेकिङकोक्रममा सवारी साधनलाई होल्ड गरिएको थियो ।

होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिन जना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमति पत्र  साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् ।

जसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए । होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछी चालकले ट्राफिक नियम उलंघन गरे अनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए ।
होली पर्वलाई नै लक्षित गरी आजैनेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,लागुऔषध नियन्त्रण व्युरो र स्थानीय प्रहरीको संयुक्त टोलिले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आएका सबैजनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ ।

तपाइँको प्रतिक्रिया ।