नेकपा एमाले बुढानिलकण्ठको सचिवमा सिपि आचार्यको चर्चा …….

नेकपा एमाले बुढानिलकण्ठको सचिवमा सिपि आचार्यको चर्चा …….

कपन अनलाइन
काठमाडौं,चैत ११।

नेकपा एमाले बुढानिलकण्ठको सचिव पदमा छन्द प्रसाद आचार्य (सिपि ) ले दावी गर्ने तयारी गरेको चर्चा संगै अधिवेसनको माहोल निकै तातेको छ।

हाल नेकपा एमाले काठमाण्डौ जिल्ला कानुन विभागमा रहेका आचार्यले आगामी चैत १६ र १७ गते हुने दोश्रो नगर अधिवेसनमा सचिव पदमा दावी गर्ने तयारी गरे संगै आन्तरिक छलफल र परामर्शलाई व्यापक बनाएका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सदस्य समेत रहेका आचार्यले साविक कपन गाउँ कमिटी सदस्य तथा वडा कमिटीका विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बसोवास गर्दै आएका आचार्यले पेशाले कानुन व्यवसायी तथा प्राध्यापक समेत रहेका छन भने उनि रोटरी लगायतका विभिन्न सामाजिक अभियानमा पनि सक्रिय रहदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।