जुगल नवगुरुकुल र कपन प्रहरी प्रभागको “होलि” सचेतना कार्यक्रम सम्पन्न

जुगल नवगुरुकुल र कपन प्रहरी प्रभागको “होलि” सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, चैत ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नवगुरुकुल मावि  र कपन प्रहरी प्रभागको संयुक्त आयोजनामा “होलि” सचेतना कार्यक्रम सम्पन्न भएको छ।

चैत ११ गते हुने फागु पुर्णिमाको अवसरमा हुने विभिन्न गतिविधिहरुका वारेमा सचेतना जगाउदै विद्यालयका विद्यार्थी तथा कपन प्रहरी प्रभागका प्रतिनिधिहरुले वडा नं १० का विभिन्न स्थानमा प्रभातफेरी समेत गरेका छन।

होलि पर्वलाई सभ्य र मर्यादित बनाउनका लागि वडावासीहरुमा अनुरोध गर्दै सो र्यालीले सचेतना जगाउने विभिन्न किसिमका पर्चा तथा अन्य सामाग्रीहरु समेत वितरण गरिएको थियो।

विद्यालयमा नियमित पठन पाठनका साथमा सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि विद्यार्थीहरुलाई उत्प्रेरित गराउने उदेस्यले सो र्याली आयोजना गरिएको जानकारी दिदै विद्यालयका अध्यक्ष डोर प्रसाद आचार्यले आइतवार हुने पर्वलाई सभ्य र सालिन तरिकाले मनाउन अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।