महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

कपन अनलाइन
काठमाडौं, चैत ८।
साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु) ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको हो ।
डेढ दशकदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का गुरुङले खेलाडीको उच्च प्रदर्शनको कदर गर्दै प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ प्रदान गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्की सदस्य समेत रहेकी एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामामार्फत सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी उक्त रकम गुरुङले उपलब्ध गराएका थिए ।
सोही रकम एन्फा महिला फुटबल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको कार्यक्रममा हस्तान्तरण गरिएको हो । गुरुङकी श्रीमति उमा र अध्यक्ष लामाले खेलाडीलाई रकम हस्तान्तरण गरे ।
सोही कार्यक्रममा गुरुङले नै प्रशिक्षक, व्यवस्थापक, अफिसियलसहित ८ जनालाई जनही २० हजारका दरले उपलब्ध गराएको रकम पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो । वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसंग पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो ।

तपाइँको प्रतिक्रिया ।