चन्द्रागिरी खुला राष्ट्रिय तेक्वान्दो बैशाखामा हुने

चन्द्रागिरी खुला राष्ट्रिय तेक्वान्दो बैशाखामा हुने

कपन अनलाइन

काठमाण्डौ, चैत ३।

चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम चन्द्रागिरी खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बैशाख २१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख समेत रहेका प्रतियोगिता संयोजक सुवास तामाङले जनाएका छन् । सिनियरको पुरुष÷महिलामा ४÷४, जुनियरको पुरुष÷महिलामा ३÷३, सब जुनियरको पुरुष÷महिलामा ५–३, एकल पुम्सेको पुरुष÷महिलामा २÷२ र पेयर पुम्सेमा २ स्पर्धामा खेल हुनेछ । उनका अनुसार करिब ८ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको छ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी, निर्णायक र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
चन्द्रागिरी नगरपालिकाको सहयोगमा हुन लागेको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।