हेडसरका कथा : बुवाको प्रेरणाबाट शिक्षा क्षेत्रमा होमिएका “गोविन्द बहादुर धामी”
कपन अनलाइन
काठमाण्डौ, चैत २।
भनिन्छ विश्वमा ज्ञानको ज्योति छरी सारा विश्वलाई नै झलमल्ल पार्ने एक अब्बल व्यक्तित्वलाई शिक्षक भनिन्छ । त्यस्तै एक अब्बल व्यक्तित्वको नाम हो गोविन्द बहादुर धामी।
उनको जन्म विक्रम सम्वत् २०४७ साल मङ्सिर १ गतेका दिन केदारसियु- ७ , काँडाचौर बझाङमा भएको हो। एक मध्यम वर्गीय परिवारमा जन्मिएका कारण उनको बाल्यकाल कष्टकर भने थिएन । उनका बुवा नजिकैको एक माध्यमिक विद्यालयमा अध्यापन कार्य गर्नुहुन्थ्यो जुन विद्यालयको नाम श्री सूर्य भवानी माध्यमिक विद्यालय थियो।
उनको बुवा स्वयं त्यस विद्यालयको संस्थापक रहेका थिए जसकारण उनको बाल्यकालको प्राथमिक शिक्षा सोहि विद्यालयबाटै सुरुवात भएको थियो।
त्यस विद्यालयमा कक्षा आठसम्मको निम्न माध्यमिक तहसम्मको अध्ययन गरे पश्चात उनी कक्षा ९ र १० माध्यमिक तहको अध्ययन गर्नका निमित्त गाउँ नजिकैको श्री चन्द्रोदय माध्यमिक विद्यालयमा गए जहाँबाट उनले कक्षा १० को एसएलसी उत्तीर्ण गरेका थिए।
त्यस पश्चात उनी थप शिक्षा आर्जन गर्नका निमित्त डिल्ली बजारमा रहेको ‘National Integrated College’ मा ‘आइएस्सी’ र त्रिचन्द्र कलेजबाट ‘बिएस्सी’ तहको शिक्षा उत्तीर्ण गरेका थिए । यसैगरी उनले काठमाडौँको त्रिकुटी कोलोनीमा रहेको गोल्डेन गेट कलेजबाट भौतिक शास्त्रमा ‘एमएस्सी’ तहको शिक्षा उत्तीर्ण गरेका थिए।
अझ थप शिक्षा आर्जन गर्ने लगाव र इच्छाका कारण उनले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासन मास्टर तह ‘MPA’ उत्तीर्ण गरेका थिए।
आफ्ना बुवाबाट शैक्षिक सेवा र समाजसेवा गर्ने प्रेरणा प्राप्त गरेका उनले विसं २०६८ सालमा शैक्षिक क्षेत्रमा प्रवेश गरेका थिए । उनले आफ्नो शैक्षिक जीवन यात्राको सुरुवात काठमाडौँबाट गरे पनि उनले काठमाडौँमा मात्र सीमित नभएर काठमाडौँ बाहिरका अन्य क्षेत्रहरूमा समेत शैक्षिक सेवा प्रदान गरी समाजको निस्वार्थ रूपमा सेवा गरेका थिए।
यसै क्रममा उनी शैक्षिक सेवा प्रदान गर्दै काठमाडौँमा रहेको ब्रुकलिन एकेडेमीमा आबद्ध हुन पुगे जहाँ उनले विसं २०७२ सालदेखि विसं २०७५ सालसम्म निरन्तर तीन वर्षसम्म शैक्षिक सेवा प्रदान गरेका थिए।
समाज परिवर्तन गर्ने एक मुख्य आधार भनेको शिक्षक हो भन्ने कुरा बुझेका उनले बाँकी जीवन पनि शिक्षा क्षेत्रमै समर्पित गरी शैक्षिक क्षेत्रमा नै लाग्ने उनले निधो गरेर साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा आबद्ध हुन पुगेका थिए।
सो विद्यालयमा पूर्व प्रधानाध्यापक उनका सहपाठी प्रिय मित्र थिएजसको सहयोग पाएर उनी अझ क्रियाशील बनेर निरन्तर शैक्षिक सेवा प्रदान गर्ने क्रममा विसं २०७८ सालमाउक्त विद्यालयको प्रधानाध्यापक बनेका थिए।
विक्रम सम्वत् २०७८ सालदेखि हालसम्म यस विद्यालयको प्रधानाध्यापक भई उनले यस विद्यालयको शैक्षिक स्तर निकै नै बढाएका छन् । उक्त विद्यालयमा हाल कक्षा ११ सम्मको शिक्षा मात्र प्रदान गरिन्छ तर आउँदो वर्षभित्र उनले यस विद्यालयमा कक्षा १२ समेत सञ्चालन गर्ने योजना बनाएका छन्।
आफ्नो सारा जीवन शैक्षिक क्षेत्र मासमर्पित गर्ने निधो गरेका धामीले आउँदा दिनहरूमा विद्यालयमा स्नातक तह र सो भन्दा उच्च तहको शिक्षा पनि समावेश गर्ने भावी योजना रहेको बताएका छन।