उद्धार गरिएका बालकहरु अभिभावकको जिम्मामा

उद्धार गरिएका बालकहरु अभिभावकको जिम्मामा

कपन अनलाइन

काठमाण्डौ, चैत २।

आरडीसी रौतहट, सामुदायिक विकास तथा सचेतना नेपाल, बाल हेल्पलाइन बारा, संरक्षण नेपाल बारा, युनिसेफ/एटविन, राष्ट्रिय बाल अधिकार परिषद र भारतीय प्रहरी मुम्बईको समन्वयमा विभिन्न प्रलोभनमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ ।

उद्धार गरि ल्याइएका बालकहरुको चैत १ गते नै जिल्ला प्रहरी कार्यालय बारा कलैयामा एक कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख, र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि लगायतका सरोकार वालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्याकारी निर्देशक दिलिप कोइरालाले बताए । उद्धार गरेका बालकहरु ७ जना रौतहटका छन भने १ जना कपिलबस्तुका छन ।

उनीहरुलाई मुम्बइको विभिन्न क्षेत्रमा रहेको व्याग उद्योग तथा अन्य होटल लगायतका क्षेत्रमा बालश्रम गरिरहेको अवस्थामा भारतीय प्रहरीको सहायतामा उद्धार गरेको थियो । १७ वर्ष मुनिका बालबालिहरुलाई १२ देखि १८ घण्टासम्म काममा लगाउने, समयमा खान नदिने र काम गरे बापतको पैसा समयमा नदिने जस्ता शोषणबाट पिडीत रहेको एक बालक बताउछन ।

सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाका अनुसार हाल सम्म सामुदायिक विकास तथा सचेतना नेपालले विभिन्न संघ संस्थाको सहयोगमा भारतका विभिन्न बालगृहमा नेपालका बालश्रममा परेका ३२ जना बालकहरु नेपाल फर्काइ अभिभावकको जिम्मा लगाइसकेको बताउछन ।

तपाइँको प्रतिक्रिया ।