भ्याली पब्लिक कप फुटसल सुरु

भ्याली पब्लिक कप फुटसल सुरु

कपन अनलाइन
काठमाडौं, फागुन २६।
भ्याली पब्लिक स्कुलको आयोजनामा तेश्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको भ्याली पब्लिककी सह संस्थापक सुनिता अधिकारी र भाइस प्रिन्सिपल सुशिल वाग्लेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १८ टिम सहभागी छन् ।
सुन्दरबस्तीस्थित आयोजकको नवनिर्मित कभर्डहलमा भएको उद्घाटन खेलमा भ्याली पब्लिक ‘ए’ ले पुष्पलाललाई ५–३ गोलले पराजित ग¥यो । प्रशान्ती विरुद्ध भने भ्याली पब्लिक ‘ए’ ले ३–३ गोलको बराबरी खेल्यो । श्रृष्टि ज्ञानले भ्याली पब्लिक ‘बी’ लाई ४–० गोलले हरायो ।
त्यस्तै सनराइजले हिमालयनलाई ६–३, कान्तिपुरले वेदव्यासलाई ४–३, हिमालयनले पुष्पलाललाई ४–१, वेदव्यासले साम्तेनलाई ३–२, कान्तिपुरले भद्रकालीलाई ४–०, सनराइजले प्रशान्तीलाई ३–०, साम्तेनले भद्रकालीलाई १०–०, रिपु मर्दिनीले अनिता मिलनलाई २–१ र फेरिल्यान्डलाई ४–०, बाल विकासले फेरिल्यान्डलाई ३–० तथा अनिता मिलनले ओमलाई ६–१ गोलले पाखा लगाए ।
प्रतियोगिताअन्तर्गत शनिबार लिग चरणका खेल सम्पन्न हुने भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

तपाइँको प्रतिक्रिया ।