हेडसरका कथा : उच्च शिक्षाको केन्द्र बनाउने अठोट बोकेका प्रशान्तिका “समिर बास्तोला”

हेडसरका कथा : उच्च शिक्षाको केन्द्र बनाउने अठोट बोकेका प्रशान्तिका “समिर बास्तोला”

कपन अनलाइन

काठमाडौं, फागुन २२।

आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर शिक्षण जस्तो पवित्र पेशामा निरन्तर सक्रीय रहेका छन प्रशान्ति एकेडेमी ,बुढानिलकण्ठ -१२ का प्रधानाध्यापक समिर बास्तोला।

विक्रम सम्वत २०३८ साल चैत १ गते झापाको गौरादह  नगरपालिकामा जन्मिएकाउनले विद्यालय शिक्षा स्थानीय गौरादह  नगरपालिकास्थित डोराबारी मावि र जनता माविद्वारा प्राप्त गरेका थिए।

विद्यालय शिक्षा पश्चात उनी उच्च शिक्षा हासिल गर्नको लागि दमक बहुमुखी क्याम्पसमा प्रविणता तह र काठमाडौँको रत्नपार्क स्थित दर्शनी मार्गमा रहेको रत्नराज्यलक्ष्मी बहुमुखी क्याम्पसद्वाबाट स्नातक सम्मको अध्ययन पुरा गरेका थिए।  २०६५ शालमा उनले स्नातकोत्तरको अध्ययन पुरा गरेका थिए।

२०५८ सालमै शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले  शैक्षिक न यात्राको सुरुवात  विद्यालयमा एक सामान्य शिक्षकको रुपमा सुरु गरेका थिए जुन यात्रा विभिन्न विद्यालयहरुमा निरन्तर जारी रहेको थियो।

विभिन्न विद्यालयहरूमा अध्यापन गर्ने क्रममा उनले  विभिन्न समस्याहरूको समेत सामना गर्नुपर्यो जहाँ कहिले उनले पारिश्रमिक नै पाउँदैनथे भने कहिले निकै ढिला मात्र पाउथे।

तर पनि उनले विभिन्न विद्यालयहरूमा अध्यापन गराउने संगै  तह पनि वृद्धि गर्दै गए। जहाँ उनले विद्यालयको अकाउन्टेन्ट, कहिले विद्यालयको इन्चार्ज त कहिले विद्यालयको सहप्रधानअध्यापक भई शैक्षिक क्षेत्रमा योगदान प्रदान गरिरहेका थिए।

आफ्नो शैक्षिक जीवन कालखण्डमा विभिन्न उतारचढावको प्रक्रिया पार गरेर एक सफल शिक्षक बन्न सफल उनले विसं २०६५ सालमा प्रशान्ति माविशिक्षकको रुपमा नियुक्त पाएका थिए। १५ वर्ष देखि निरन्तर सो विद्यालयमा योगदान पुर्याएका उनले प्रधानाध्यापकको जिम्मेवारी सहित विभिन्न पेशागत संघ संगठनमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन।

आफ्नो शैक्षिक यात्राको क्रममा विद्यालय सञ्चालन गर्नको लागि पुँजीको अभाव,आर्थिक सहयोगको अभाव हुने कारणले गर्दा शैक्षिक क्षेत्रमा अस्थिरता देखा परेको अनुभव गरेका बास्नितोला प्रधानाध्यापक भएर  विद्यालयलाई  सरल र सहज ढङ्गले सञ्चालन गर्ने अठोट गर्दै विद्यालयलाई हालको उचाई सम्म ल्याउन सफल बनेका छन ए।

सो विद्यालयको प्रधानाध्यापक भएपश्चात् त्यस विद्यालयलाई कसरी राम्रो बनाउने र कसरी बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने बारे उनले विभिन्न सकारात्मक कार्यहरु गरेका छन जसको परिणाम स्वरूप उनको विद्यालयले विभिन्न क्षेत्रमा ख्याति कमाउन सफल भएको छ।

हाल  माध्यमिक तहको कक्षा १० सम्म मात्र अध्यापन भैरहेको विद्यालयलाई उच्च शिक्षा अध्ययन गर्ने महत्वपूर्ण थलोको रुपमा विकास गर्ने योजना सुनाएका बास्तोलाले दिगो भावी योजना सहित शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्याउने संकल्प समेत लिएका छन।

(कपन अनलाइनको हेडसरका कथा शृंखलाका लागि अमित श्रेष्ठले गरेको कुराकानीमा आधारित )

तपाइँको प्रतिक्रिया ।