“Voice of SAAT-2080” सम्पन्न ,ब्रेनल्याण्डकी भूमिका सुनुवारलाई उपाधि

“Voice of SAAT-2080” सम्पन्न ,ब्रेनल्याण्डकी भूमिका सुनुवारलाई उपाधि

कपन अनलाइन

काठमाडौं, फागुन २२।

२०७० सालमा स्थापना भएर विद्यालयहरुको संस्थागत विकासमा सक्रिय  स्कुल्स  एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन को आयोजनामा भएको  “Voice of SAAT-2080”  सम्पन्न भएको छ।

चलचित्र विकास बोर्डमा भएको प्रतियोगीतामा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको ब्रेन ल्याण्ड एकेडेमीमा  अध्ययनरत भूमिका सुनुवार विजेता बनेकी थिइन्।

सो प्रतियोगितामा पिक पोइन्ट पब्लिक स्कुलका आयुष गिरी दितीय बनेका थिए भने पिक पोइन्ट एकेडेमीकी होसना नेपालीले तृतीय स्थान प्राप्त गरेकी थिइन।

संगीतकार राजु सिंह, गायिका संगीता प्रधान र गायक सन्तोष प्रधान निर्णायक रहेको फाइनलमा युनिभर्सल उच्च माविका सदिश गौतम र एकिता स्कुलकी अस्मिता तामाङ क्रमस चौथो र पाचौ भएका थिए।

नेसनल प्याव्सन बागमती प्रदेसका अध्यक्ष नारायण कुमार कार्कीको प्रमुख आतिथ्यता तथा SAAT का अध्यक्ष विनय श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको समापनमा विजेताहरुलाई नगर पुरस्कार सहित सम्मान गरिएको थियो।

को को थिए विजेता तथा फाइनलिस्ट ?   

तपाइँको प्रतिक्रिया ।