शंखरापुरको जहरसिंपौवामा महायज्ञको आयोजना हुने

कपन अनलाइन

काठमाडौं,फागुन २१ ।

साँस्कृतिक तथा पर्यटकिय हिसाबले महत्त्वपूर्ण काठमाडौं जिल्लाको उत्तर पुर्वी भागमा पर्ने शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ।

सो महायज्ञको आज एक कार्यक्रमका विच शहरी बिकास मन्त्री सीता गुरुङले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितीका उपाध्यक्ष षड कुमार खतिवडाले बताएका छन  ।

२०८० फागुन २१ गतेदेखी फागुन २९ गतेसम्म सो सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो।शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा सर्वेश्वोर महादेबको मन्दिर निर्माणार्थ आयोजना हुन गरहेको सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त भागवत बाचक पं.दिनबन्धु पोखरेल र उप- बाचक पं सुरेन्द्र प्याकुरेलले प्रवचन दिने आयोजकले बताएका छन्।

सोमबार बिहान ७:३० बजे शंखरापुर नगरपालिका वडा नं ४ को नारायणश्वोर मन्दीरबाट कलशयात्रा शुरु हुने सो कार्यक्रममा नेपालका अन्य बिशिस्ट व्यक्तिको उपस्थिती रहने वडा नं ३ का पूर्व वडाअध्यक्ष सन्तबहादुर वाईबाले बताउनुभयो।९ दिनसम्म आयोजना हुने उक्त कार्यक्रमबाट संकलन हुने रकमबाट करिव ३ करोडमा डिपिआर तयार भएको मन्दीरको निर्माण गरिने आयोजकले बताएको छ।

तपाइँको प्रतिक्रिया ।