धुम्बाराही चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

धुम्बाराही चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

कपन अनलाइन

काठमाडौं,फागुन २१ ।

काठमाडौंको  धुम्बराही चोकमा ना ८ ख ७१९५ नम्बरको बसको ठक्करबाट दोलखा गौरीशंकर गाउँपालिका-८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको आइतबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइँको प्रतिक्रिया ।