रिलायन्स इन्टरनेसनल एकेडेमीको विज्ञान प्रदर्शनी मेला सुरु,तिन दिन चल्ने

रिलायन्स इन्टरनेसनल एकेडेमीको विज्ञान प्रदर्शनी मेला सुरु,तिन दिन चल्ने
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।

रिलायन्स इन्टरनेसनल एकेडेमीले आयोजना गरेको तिन दिने विज्ञान प्रदर्शनी मेला सुरु भएको छ।  तिन दिने विज्ञान प्रदर्शनीको समापन आगामी १२ गते हुनेछ।

विद्यालय परिसरमा आयोजित  कार्यक्रममा  उद्घाटन गरिएको मेलामा ३० वटा विज्ञान सम्बन्धी स्टलहरू तथा १० वटा सूचना प्रविधि सम्बन्धी स्टलहरूमा प्रदर्शन गर्ने तयारी गरिएको छ। त्यस बाहेक ‘आर्ट’ ‘फेस पेन्टिङ’ तथा फुड स्टलहरूरहेका छन्।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा युवा वैज्ञानिक तथा आइडिया स्टुडियो नेपालमा संस्थापक डा छिरिङ लामा प्रमुख अतिथिका रूपमा रहेका थिए।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै रिलायन्स एजुकेसन नेटवर्कका सह-प्रधानाध्यापक नन्दु कुमार कुशवाहले विज्ञान प्रदर्शनीमा स्वागत गर्न पाउँदा आफू हर्षित भएको बताउदै सो मेला  सिर्जनात्मकता, कल्पना र ज्ञानको तिर्खाको उत्सव भएको धारणा राखेका थिए।

कार्यक्रमका अध्यक्ष  थापाले कलेजको साइन्स एन्ड आइटी क्लबले नियमित गर्ने विज्ञान प्रदर्शनी गर्दै आएको मेलामा  ३५०० भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने बताउदै सो उपत्यका व्यापी कार्यक्रममा सिर्जना, अन्वेषण र शिक्षण सिकाइको संयुक्त रूप देखिने धारणा राखेका थिए।

 

तपाइँको प्रतिक्रिया ।