घर तथा कार्यालयका सबै समस्याकाे समाधान एक छाना मुनि : फटाफट सेवा सुरु
एउटै छाना भित्र घर तथा कार्यालयका सबै समस्याकाे समाधान गर्ने उदेश्य बमाेजिम सामाजिक अभियन्ता तथा समाजसेवी प्रदिप मैनालीले बुढानिलकण्ठ नगरपालिकालाई केन्द्र बनाएर “फटाफट मिस्त्री प्रा.लि ” कम्पनी रजिस्ट्रार कार्यालय तथा बुढानिलकण्ठ वडा नं १० मा दर्ता गरेका छन ।
कम्पनीको काम तथा उदेश्य प्लम्बिङ ,इलेक्टिसियन,टेक्निसियन लगायत अन्य थुप्रै समस्याकाे समाधान यश प्रा.लि मार्फत गर्नेछसो प्रा.लिले घर घरमा कामदार पठाउने काम गर्नेछ।
सय भन्दा बढी समस्याकाे समाधान एउटै कम्पनीमाफत हुने भएपछि जनताले मिस्त्री खाेज्दै हिड्न नपर्ने सिधै फटाफट मिस्त्रीलाई सम्झिए हुने मैनालीकाे दावी रहेको छ।
स्थानिय युवा तथा समाजसेवी ,राजनितीक नेता कार्यकर्ता सबै जनासंग हामी छलफलमा रहेको बताउदै मैनालीले २०८१ बैसाखबाट टिम बनाएर बृहत् सेवा तथा नाम अनुसारकाे फटाफट सेवा दिने साेचमा रहेको जानकारी दिएका छन । अहिले दुई महिना जति छलफल र बिज्ञापनमा जाेड दिने र घरका सानाे तिनाे समस्या समाधान गर्ने मिस्त्री पठाउने र २०८१ बैसाखबाट बृहत काम सुरु हुने उनले बताए।
सो कम्पनीको कार्यालय बुढानिलकण्ठ वडा नं १० नारायण चाेकमा रहने छ।