दोलखा केन्द्रबिन्दु भएर भूकम्प गयो
कपन अनलाइन
काठमाडौं, फागुन ८।
दोलखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
दोलखासँगै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट कुनै क्षति भएरनभएको विवरण आउन बाँकी छ । यसअघि गत शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
तपाइँको प्रतिक्रिया ।