पुष्पलाल चोक नजिकै युवकको शव फेला पर्यो

पुष्पलाल चोक नजिकै युवकको शव फेला पर्यो

कपन अनलाइन

काठमाण्डौ,फागुन ६।

विराटनगर महानगरपालिका– ३ पुष्पलाल चोक पश्चिम रहेको खाली जग्गामा एक युवकको शव फेला परेको छ ।

आइतबार बिहान खाली जग्गामा फुटबल खेल्नका लागि बनाइएको गोलपोष्टमा झुण्डिएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक व्यक्ति विराटनगर महानगरपालिका– १ नमूना चोकका ५५ वर्षीय रोशन क्षेत्रीको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।

पुष्पलाल चोक पश्चिममा रहेको ताण्डव रेष्टुरेन्टको छेउमै रहेको मैदानमा रहेको गोलपोष्टमा तारमा झुण्डिएको अवस्थामा शव फेला परेको उनले बताए । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको जनाइएको छ । घटनाको थप अनुसन्धान अघि बढेको प्रवक्ता दाहालले बताए ।

तपाइँको प्रतिक्रिया ।