त्रि-ज्योति माबिले ३०औं वार्षिकोत्सवमा “त्रि-ज्योति प्रतीभाशाली सम्मान” प्रदान गर्यो
कपन अनलाइन
काठमाण्डौ,फागुन ४।
बुढानीलकण्ठ -१२ मा रहेको त्रि – ज्योति मा.बि.ले आफ्नो ३०औं वार्शिकोत्व ,२९औं अभिभावक दिवस र त्रि – ज्योति प्रतीभाशाली सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा ,विज्ञान तथा प्रबिधि राज्य मन्त्री प्रमिलाकुमारी यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका सदस्य जयराम थापा र बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा TRI-JYoTI BRAIN STORM पत्रिकाको लोकार्पण गरिएको थियो भने त्रि – ज्योति कला ,साहित्य सम्मान गोविन्दप्रसाद घिमिरे , त्रि – ज्योति जनसेवा सम्मान ,विनोद चालिसे , त्रि – ज्योति जेष्ठ नागरिक सम्मान, अम्बिका माया थापा ,त्रि – ज्योति प्रतिभाशाली पूर्व विद्यार्थी सम्मान ,उपसेनानी प्रतीक बुढाथोकी र त्रि – ज्योति सपर्मण सेवा सम्मान, जाङ्वु शेर्पालाई प्रदान गरिएको थियो ।
त्रि – ज्योति मावका संचालक समितिका अध्यक्ष केशवप्रसाद दङ्गालको सभापतित्त्वमा भएको उक्त कार्यक्रममा विधालयका प्राचार्य गणेशकुमार मिश्रले स्वागत मन्तव्य राख्दै त्रि- ज्योति स्नेह ,ज्ञान र नेतृत्वको संगम भएको कुरा राखेका थिए । बालबालिकालाई जीवनोपयोगी शिक्षाका माध्यमबाट सार्थक जीवन निर्माणको मार्गमा लाग्न प्रेरित गरेको कारण देश र विदेश जताततै त्रि – ज्योति परिचित भएको धारणा राखेका थिए।
घर -घरमा त्रि -ज्योति :मन -मनमा त्रि – ज्योति , म पढ्छु ,मेरै त्रि – ज्योतिमा , पुस्तक मेरो साथी ,हामी सम्झन्छौ , तपाईंहरुलाई , साहित्यकारसग एक दिन र सिइप र शिक्षा : त्रि – ज्योतिको इच्छाजस्ता कार्यक्रममार्फत त्रि – ज्योतिले सस्कारयुक्त शिक्षा, देशप्रेमी भावना र सक्षम ब्यक्तित्त्व निर्माणमा ध्यान दिएको धारणा राखेका थिए।
प्रमुख अतिथि शिक्षा ,विज्ञान तथा प्रबिधि रज्यमन्त्त्री प्रमिलाकुमारी यादवलेलामो इतिहास ,सक्रिय वर्तमान :चरित्रवान जनशक्ति निर्माणको अभियामा रहेको त्रि – ज्योति मा ,वि.ले नेपालको शिक्षाको विकासमा दिएको योगदान महत्त्वपूर्ण रहेको बताएकी थिइन् ।
विद्यालयको तमाम कार्यक्रमको सफलताको कामना गर्दै सम्म्मनित सवैलाई बधाई ब्यक्त गरिन । वाग्मती प्रदेश सभाका सदस्य जयराम थापाले त्रि – ज्योति मा वि.ले यस क्षेत्रको शिक्षाको विकासमा खेलेको भूमिकाको चर्चा गर्दै प्रदेशको तर्फबाट शिक्षाको विकासमा आफुले पुर्याउनु पर्ने भूमिकाको लागि तयार रहेको धारणा राखेका थिए ।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रुमुख अनिता लामाले हरेक अभिभावकहरुले आफ्नो बालबालिका राम्रो र सक्षम भएको देख्न पाउनु पर्छ तसर्थ शिक्षाको विकासमा नगरपालिका लागि परेको धारणा राखेकी थिइन्।
बुनपा १२ का वडाअध्यक्ष शम्भुप्रसाद भटटराइले यस वडामा शिक्षाको गुणस्तर कायम गर्नमा त्रि – ज्योतिको भूमिकाको विशेष योगदान रहेको विचार राखेका थिए ।समयमा नै आफ्नो शैक्षिक कार्यक्रम लगायत अन्य कार्यक्रम गर्नुपर्ने कुरा त्रि – ज्योतिबाट सिक्नु पर्ने राख्दै सम्मानित सवैलाई बधाई दिए। सभापतिको तर्फबाट केशवप्रसाद दङगालले त्रि – ज्योति सवै जिल्लाका बालबालिका अध्ययन गर्ने परिचित शिक्षालय रहेको धारणा राख्दै गुणस्तर कायम गर्ने यात्रामा अब्बल रहेको विचार व्यक्त गरेका थिए।
त्रि -ज्योतिका छात्रा लोयाङ शेर्पाले विश्व्स बिजेता बन्न सफल भएको प्रसङ्ग उठाउदै त्रि – ज्योति जीवन जिउने कला सिकाउने पाठशालाको रुपमा रहनुमा अभिभावकहरुको विशेष हात रहेको धारणा राखे । वसन्त पन्चमीको पावन अवसरमा नयाँ विद्यार्थी भर्नामा अभिभावकहरुको आकर्षण राम्रो रहेकोले त्रि – ज्योति यस भेगको अग्र शैक्षिक सस्था बन्नुमा सवैको योगदानको कारण सम्भव भएको विचार राखेका थिए ।
अभिभावक , शिक्षाप्रेमी महानुभाव र सामाजिक जीवनमा योगदान दिएका ब्यक्तित्त्वहरुको वाक्लो उपस्थित रहेको सो कार्यक्रमको सञ्चालन अन्जु लामाले गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।