साइप्रस पब्लिक हाइस्कुलमा सरस्वती पुजा …

साइप्रस पब्लिक हाइस्कुलमा सरस्वती पुजा …

कपन अनलाइन

काठमाण्डौ,फागुन ४/संस्कार गौतम

फागुन २ गते परेको श्रीपञ्चमीलाई विश्वका सवा अर्व बढी हिन्दु धर्मावलम्वीहरुले सरस्वतीको आराधनागर्ने, विद्याआरंभ गर्ने, संगीत,कला,साहित्यमा आफ्नो प्रविणता बढाउने दिनका रुपमा पनि हेर्ने गर्छन् ।

यहिपावनदिनमा बुढानीलकण्ठ ९ स्थित साइप्रस पब्लिक हाइस्कुल ले भव्य रुपमा सरस्वतीपूजा गरेको छ । सयौं अध्ययनरत विद्यार्थि, शिक्षक, कर्मचारी अभिभावक, र नवआगन्तुक छात्र छात्राको उपस्थितीमा सरस्वती पूजागरिए को छ।
सो  दिनमाअक्षरआरंभ गराएमा पछि गएर बालबालिकाले शिक्षामाआफ्नो क्यारिर बनाउन सहज हुने  विश्वासमा अभिभावकहरुले आज बच्चाबच्चीलाई विद्यालयमा पहिलो पटक ल्याउन र विद्यालयअर्थात विद्याको घरमाल्याउन र ‘ क ’ अक्षर भएपनि लेखाउन चाहान्छन् ।

यसै अवसरमा विद्यालयका प्रिन्सिपल शशी केसीले आजबाट पुरै आधामहिना सम्म यो विद्यालयले निशुल्क भर्ना लिने बताए ।
विद्याकी खानी र सिर्जनाकी देवीका रूपमामानिने माता सरस्वती हाम्रा अज्ञानताहरु लाई चिर्दै हामीलाई प्रविण र निपुण विद्या दिनुहोस् भन्दै सबै विद्यार्थीले सरस्वतीपूजा गरेका थिए ।
सरस्वतीमया दृष्टा वीणापुस्तक धारिणी !
हंसवाहन संयुक्ता विधादानं करोतु मे !!
विद्या यस्तो अविभाज्य मानवीय सम्पत्ति हो यसले मानिसलाई पशु भन्दाअलग बन्न सवैभन्दा सहयोगीको भूमिका खेलेको छ र खेल्ने छ । त्यसैले शिक्षा आजको सबैभन्दाअनिवार्य मानवीय आवश्यकता भएको कुरा उक्त कार्यक्रममा बालबालिकालाई बुझाइएको थियो ।

(गौतम साइप्रस पब्लिक स्कुलमा अध्ययनरत कपन अनलाइनका विद्यार्थी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।