ताप्लेजुङ समाज नेपालको ल्होसार तथा बुबा सम्मान कार्यक्रमको तयारी तीब्र

ताप्लेजुङ समाज नेपालको ल्होसार तथा बुबा सम्मान कार्यक्रमको तयारी तीब्र

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

ताप्लेजुङ समाज नेपालले काठमाडौ धुमबहारी स्थित S R पार्टी प्यालेसमा गर्न लागेको ल्होसार तथा बुबा सम्मान कार्यक्रमको तयारी तीब्र पारेको छ ।

प्रत्येक बर्ष नेपालीहरुको मौलिक चाड मनाउदै आएको समाजले यो पटक बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न ल्होसारको उपलक्ष्यमा यहि फाल्गुन ५ गते शनिबार संयुक्त ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक रमेश बरालले बताए । काठमाडौमा विभिन्न पेशा ब्यबसाय र अध्ययन को शिलशिलामा आएर बसोबास गर्ने ताप्लेजुङ बासिको साझा सस्थाको रुपमा रहेको ताप्लेजुङ समाजले प्रत्येक बर्ष नेपाली हरुको मौलिक चाड मध्ये यो पटक ल्होसार कार्यक्रम को आयोजना गर्न लागिएको ताप्लेजुङ समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेले जानकारी दिएका छन ।

ल्होसार कार्यक्रम को उपलक्ष्यमा सविधानसभाका सभामुख सम्माननिय देबराज घिमिरेको उपस्थितिमा ७० बर्ष पूरा भएका २५०  भन्दा बढी बुबाहरुलाइ समेत सम्मान गर्ने कार्यक्रम रहेको समाजका महासचिव देउमान बिष्ट्ले बताए ।त्यसै गरि कार्यक्रममा हिमाली याक नाच,हिमाली सिंह नाच,च्याब्रुङ नाच, नौमती,र लाखे नाच पनि रहेको सास्कृतिक कार्यक्रमका सयोजक तथा ल्होसार मुल समारोह समितिका सह सयोजक अग्नि पौडेलले जानकारी दिएका छन।

यस अघिका वर्षहरुमा हिन्दुहरुको हरितालिका तिज र किराँत समुदायले मनाउने चासोक तङ्नामका साथै आमा सम्मान गरेको समाजले यो पटक सभामुख सम्माननिय देबराज घिमिरे र अवतारी लामा च्याक्टुल रिन्पोच्छेबाट बुबा सम्मान गर्न लागिएकोले सम्पुर्ण ताप्लेजुङ बासी लगायत बौद्ध मार्गी र अन्य महानुभाबहरुले उपस्तिथ भएर आर्शिबाद ग्रहण गर्न कार्यक्रमका प्रचार प्रमुख प्रकाश इवारमले अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।