आजको मौसम : धेरै ठाउँमा वर्षाको सम्भावना

आजको मौसम : धेरै ठाउँमा वर्षाको सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।