बुद्धी चाल (चेस) को बारेमा रोचक तथ्य

बुद्धी चाल (चेस) को बारेमा रोचक तथ्य

कपन अनलाइन  /बुद्धी चाल (चेस) एउटा खेल हो जुन दुई जना खेलाडीले एउटा बोर्डमाथि केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई नेपाली भाषामा बुद्धी चाल , हिँदी भाषामा शतरंज र अङ्ग्रेजी भाषामा “Chess”(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुनु साथै खेल निरन्तर खेल्नाले बुद्धिको विकास पनि हुने गर्छ। कुनै अज्ञात बुद्धि शिरोमणिले पाचौ- छैठौँ शताब्दी तिर यो खेल संसारका बुद्धिजीवी हरुलाई भेट स्वरूप प्रदान गरेको मानिन्छ। आज हामी यस खेलसँग जोडिएका रोचक तथ्य प्रस्तुत गर्दछौ जुन यसभन्दा अगाडी थाहा नभएको हुनसक्छ ।

Screenshot_2015-04-18-22-10-06-1

१. चेस खेलको आविष्कार भारतमा भएको मानिन्छ तर यसको यकिन तथ्य भने हालसम्म भेटिएको छैन ।
२. पहिलो, कालो र सेतो रङ्ग भएको चेस बोर्ड सन् १०९० मा युरोपमा बनाइएको थियो ।
३. चेस बोर्डमा एक खेलमा सबैभन्दा धेरै ५ हजार ९ सय ४९ चाल हुनसक्छ ।
४. चेसको प्रथम ४ चाललाई ३,१८,९७,९५,६४,००० तरिका बाट चाल्न सकिन्छ ।
५. दोस्रो विश्व युद्ध(१९३९ देखि १९४५)सम्म चेसका खेलाडीहरुले कोड ब्रेकरको भूमिका निर्वाह गरेका थिए ।

computer
६. सन् १९५१ मा एलन टयूरिंगले पहिलोपटक कम्पुटर बनाए जसमा चेस खेल्न सकिन्थ्यो ।
७. अंतरिक्ष VS पृथ्वीको पहिलो खेल २०२७ साल जेठ २७ गते मंगलबारको दीन भएको थियो उक्त खेल बराबरी मा टुंगिएको थियो ।
८. सन् १९८४ मा खेलिएको एक खेलमा इंग्ल्यान्डका क्राउचले ४३ पटक चेक गरकाथिए जुन आफूमै एउटा वोर्ल्डरेकड थियो ।
९. एरिक नोपार्ट नाम गरेका खेलाडीले सन् १९८५ मा ६८ घण्टामा ५०० खेल खेलेका थिए । खेल १०-१० मिनेटको थियो ।
१०. सन् १९८७ सालमा भारतका आनन्द नाम गरेका चेस खेलाडीले ग्रैंड मास्टर उपाधि पाएका थिए भने सन् २०००,२००७,२००८,२०१० र २०१२को विश्व चैंपियन रहेका थिए ।
११. सन् २०११ सम्म संसारका ६०० मिलियन मानिसहरूले चेस खेल खेल्न जानेका थिए ।

11216100_955738347804402_570964806_n
१२. अमेरिकाका सैमुअल रेशेवस्की नाम गरेका खेलाडीले सबै महान चेस खिलाड़िहरुलाई धूल चटाएका थिए । रेशेवस्कीले यो कारनामा गर्दा, उनको उमेर जम्मा आठ वर्षको थियो ।
१३. तपाइलाई यो सुन्दा हैरानी हुनसक्छ तर तथ्य भनेको तथ्य हो, संसारमा अंग्रेजीभाषामा  छापिएको दोस्रो किताब चेस सम्बन्धी थियो ।
१४. चेसको सबैभन्दा लामो खेल २६९ मूभ सम्मको भएको छ । सन् १९८९ मा निकोलिक र आर्सोविक बीचमा यो खेल भएको थियो । यो एक वल्र्ड रिकर्ड पनि हो ।
१५. सन् १९८५ मा तत्कालिन सोभियत संघका गर्री काॅस्पारोव सबैभन्दा कम उमेरमा वल्र्ड चैंपियन बनेका हुन् । उनि वल्र्ड चैंपियन हुँदा उनको उमेर २२ वर्ष २१०दिनको  थियो ।
१६. चेस खेल्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि मन पर्छ । उनले यो कुरा कपन अनलाइन सँग गरिएको एक भिडियो कुराकानीमा बताएका हुन् भने उनि कम्पुटर मा चेसखेल खेल्न रुचाउँछन् ।
१७. कम्प्युटर द्वारा इन्टरनेशनल ग्रैंड मास्टरलाई सन् १९८८ मा हराइएको थियो। यो खेल कैलिफोर्नियामा भएको थियो ।

१८. हाल चेसको पुरुष तर्फको र्याँकिंगमा नर्वे का माग्नुस चर्ल्सें २८५३ रेटिंग का साथ पहिलो स्थान मा छन् भने महिला तर्फ चिन कि होउ यिफान २६७६ रेटिंगका साथ पहिलो स्थानमा छिन  ।

तपाइँको प्रतिक्रिया ।