पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलमा २३ औं वार्षिक खेल सप्ताह शुरू

पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलमा २३ औं वार्षिक खेल सप्ताह शुरू

कपन अनलाइन
काठमाडौं,माघ २९ ।

पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलले आफ्नो २३ औं वार्षिक खेल सप्ताह (23rd Annual Sports Meet) शुरू गरेको छ।

त्रिभुवन विश्वविद्यालयका सह- प्राध्यापक  केदारराज पुडासैनीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  छन्दप्रसाद आचार्यले गरेका थिए।

विद्यालयका भाइस पृन्सिपल श्री राजेन्द्र पुडासैनी ( राजु सर) द्वारा संचालित उक्त कार्यक्रमको दोस्रो सेसन कक्षा आठका विद्यार्थी द्वय गरिमा कार्की र फुर्वा शेर्पाले संचालन गरेका थिए। यसैगरी स्वागत मन्तव्य सुप्रीया बिष्टले राखेकी थिइन् भने रेखा गुरूङ र फुर्वा शेर्पाले साङ्गितिक प्रस्तुती दिएका थिए।

तिनवटा ब्लकमा सात/ सातवटा स्पर्धा हुनेगरी कक्षागत एवम् सदन अनुसार खेलाइने खेलमा प्राय सबै विद्यार्थीहरूले मेडल एवम् प्रमाणपत्र प्राप्त गर्न सक्ने सम्भावना रहेको कुरा विद्यालयका प्रीन्सिपल नारायणबाबू तिम्सिनाले वताए।

उक्त कार्यक्रममा पुष्पलाल कलेजका क्याम्पस प्रमुख तथा विद्यालयका पुर्व प्रीन्सिपल  शम्भु अधिकारी , सहायक क्याम्पस प्रमुख  वासुदेव ढुङ्गेल, पुष्पलाल कलेज तथा स्कुलका बोर्ड अफ डाइरेक्टर  रत्न धमलाको समेत उपस्थिति रहेको थियो। अभिभावकहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा अभिभावकहरूले समेत विभिन्न स्पर्धामा सहभागी भएर पुरस्कार जित्न सफल भएका छन ।

तपाइँको प्रतिक्रिया ।