नेपालका खेलाडी तेन्जीन नामडोल रायनले जिते अन्तर्राष्ट्रिय पदक

नेपालका खेलाडी तेन्जीन नामडोल रायनले जिते अन्तर्राष्ट्रिय पदक

कपन अनलाइन
काठमाडौं,माघ २६।
नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा जारी बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल भएका छन् । च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।
गुरुङ्गले आफ्नै नाममा २ मिनट २२.१५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट २१. १६ सेकेन्ड समयको नयाँ किर्तिमान  समेत राख्न सफल भएका छन् । यस बिधाको स्वर्ण र रजत भारतले हात पार्यो ।
तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २मिनट २९.२९ सेकेन्डको अर्को किर्तिमान बनाए । यश अघि शिरीष गुरुङ्गको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको किर्तिमान रहेको थियो । शिरिषले उक्त किर्तिमान २०१२ मा काठमाण्डौमा भएको दोश्रो एनएसए कपमा राखेका थिए ।
यस्तै तेन्जिनले सेरेन सिङ्ग, इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधर सङ्ग मिलेर  ४ ह १०० मिटर रिलेमा  ३ मिनट ४८.५७ सेकेन्ड समयका साथ नयाँ किर्तिमान राखे । यश अघि यो किर्तिमान भारतको गोहाटीमा भएको १२ औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङ्गले ४ मिनट ७.२८ सेकेन्ड समयको रेकर्ड राखेका थिए ।
यसै गरि ४ ह १०० मिटर मिड्ले रिलेमा ४ मिनट १४.१० सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे । यश अघि यो किर्तिमान ४ मिनट ३१.३८ सेकेन्ड समयको किर्तिमान एलिश श्रेस्ठ, चित्र बहदुर गुरुङ्ग, पुष्पराज शाही र तिल बाहादुर थापा मगरको नाममा काठमाण्डौमा भएको आठौं साफ गेममा रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।