बुढानिलकण्ठमा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई समाचार लेखन तालिम प्रदान…

बुढानिलकण्ठमा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई समाचार लेखन तालिम प्रदान…

कपन अनलाइन
काठमाडौं,माघ २६।

बुढानिलकण्ठ नगरपालिकाका संस्थागत विद्यालयहरुको पेशागत र व्यवसायिक हितका लागि स्थापित Leaders for Education and Development Nepal (LEADS) र कपन अनलाइनको आयोजनामा समाचार लेखन तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको त्रि ज्योति माविमा भएको सो तालिम समापन शत्रमा  नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह प्रमुख अतिथि रहेका थिए भने अध्यक्षता LEADS का उपाध्यक्ष गणेश कुमार मिश्रले गरेका थिए।

नगरपालिकाका हरेक विद्यालयमा पत्रकार उत्पादन गर्ने उदेस्यले संचालन गएको सो तालिममा विभिन्न २२ वटा विद्यालयका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

LEADS का सचिव रुपक लामिछानेको संचालनमा भएको तालिम समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै सहभागीलाई कपन अनलाइन डट.कमको प्रशिक्षार्थी पत्रकार कार्ड समेत वितरण गरिएको थियो।

समाचार लेखन तथा पत्रकारिताका आधारभूत ज्ञान प्रदान गरिएको सो तालिममा लेखनको अभ्यास गर्नुका साथै विद्यार्थीहरुको प्रस्तुतीकरण पनि रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले पत्रकारिता तालिमले विद्यार्थीहरुको सोच ,सक्रियता र लेखन कलामा मदत्त पुग्ने भन्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पनि “विद्यालयमा विद्यार्थी पत्रकार” कार्यक्रम संचालन गरिएको जानकारी दिएका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।