अक्षरा कपमा भ्याली पब्लिकको ह्याट्रिक उपाधि

अक्षरा कपमा भ्याली पब्लिकको ह्याट्रिक उपाधि

कपन अनलाइन

काठमाडौं, माघ २६ ।

भ्याली पब्लिकले प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार ह्याट्रिक उपाधि जितेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज, सिनियर गल्र्स र मिक्स जुनियरमा च्याम्पियन बन्यो ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा भ्याली पब्लिकले अक्षरिकालाई ६५–६४ ले पराजित ग¥यो । भ्याली पब्लिकका सुनिल पौडेलले ३६ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले नेमोनिकलाई ५०–१५ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले १० अंक जोडिन् ।

मिक्स जुनियरमा भ्याली पब्लिकले आलोक विद्याश्रमलाई ३८–१० ले पाखा लगायो । भ्याली पब्लिकका विशाल परियारले २० अंक बटुले ।

सिनियर ब्वाइजमा सुनिल पौडेल, सिनियर गल्र्समा अनिता गुरुङ र मिक्स जुनियरमा विशाल परियार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तीनै भ्याली पब्लिकका हुन् । सिनियर ब्वाइजमा अक्षरिकाका आर्यन श्रेष्ठ, सिनियर गल्र्समा नेमोनिककी शान्ति तामाङ र मिक्स जुनियरमा आलोक विद्याश्रमका सार्थक सिग्देल सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा गेटवे एकेडेमीका सन्दिप सिवाकोटी, सिनियर गल्र्समा बौद्ध इन्टरनेसनल स्कुलकी दावा शेर्पा र मिक्स जुनियरमा अक्षराका रुविन महत उदीयमान खेलाडी चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, अक्षराकी निर्देशक अन्जु भट्टराई, अक्षराकी प्रिन्सिपल मिलन केसी लोप्चन, डा. राजु अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ १६ गतदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा मिक्स जुनियरमा १२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।