बोधीसदन र ग्रिनफिल्ड फाइनलमा

बोधीसदन र ग्रिनफिल्ड फाइनलमा

कपन अनलाइन

काठमाडौं, माघ २६ ।

बोधीसदन र ग्रिनफिल्ड एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केबटबलमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित नेरिक एकेडेमीको कोर्टमा बोधीसदनले साइन मोडेललाई १२–६ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा ग्रिनफिल्डले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटलाई ३०–१४ ले हरायो । नकआउट पद्धतिमा भइरहेको बास्केटबलमा १४ टिम सहभागी छन् ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताह शुक्रबार सम्पन्न हुनेछ । खेलकुद सप्ताहमा विभिन्न ५ खेल समावेश छन् । टेबलटेनिस, एथलेटिक्स, ब्वाइज फुटसल र टग अफ वार सम्पन्न भइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।