बुढानिलकण्ठ नगरपालिकाका पुर्व जनप्रतिनिधि परशुराम कार्कीको निधन

बुढानिलकण्ठ नगरपालिकाका पुर्व जनप्रतिनिधि परशुराम कार्कीको निधन

कपन अनलाइन
काठमाडौं,माघ २५।

बुढानिलकण्ठ नगरपालिकाका पुर्व जनप्रतिनिधि परशुराम कार्कीको निधन भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ९ को सदस्यमा निर्वाचित भएका कार्कीको माघ २४ गते बेलुका निधन भएको हो।

बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समिती सदस्यका रुपमा काम गरेका नेकपा एमाले नगर कमिटी सदस्य समेत रहेका कार्कीको माघ २४ गते बेलुका ९ बजे ह्याम्स अस्पतालमा निधन भएको हो।

उनको  पार्थिब शरिरको दाहसंस्कारका  लागी माघ २५ गते  बिहान ७ः०० बजे हाम्स अस्पतालबाट पशुपति आर्यघाट लगिने पारिवारिक श्रोतले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।