नेसनल युनाइटेडमा वार्षिक खेलकुद कार्यक्रम सुरु
कपन अनलाइन
काठमाडौं,माघ २४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलमा वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२४ सुरु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् उद्घाटन समारोहका सभापति सह-प्राध्यापक रेवतीप्रसाद दाहालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
हरेक वर्ष सहिद दिवसको अवसर पारेर माघ १६गते देखि खेलकुद कार्यक्रम सुरुगर्ने गरिएकोमा यसवर्ष विद्यालयमा माघ १४ गते देखि २२गते सम्म प्याब्सनद्वारा संचालित कक्षा १० को एसईई प्री–बोर्ड परीक्षाको परीक्षा केन्द्र कायम भएका कारण कार्यक्रम माघ २४ गतेदखि २६ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएकोछ।
कार्यक्रममा फुटसल,बास्केटबल,व्याडमिन्टन,कराते,बुद्धिचाल,टगअफवार, क्यारमबोर्ड, रोड रेस लगायत विभिन्न ३७ विधामा नर्सरीदेखि कक्षा नौ सम्मका विद्यार्थीहरुले १०९स्वर्ण,१०९ रजत तथा १०९ कास्य पदकहरूका लागि प्रतिस्पर्धा गर्ने छन् ।
उद्घाटन सँगै सुरु भएको जुनियरतर्फको बास्केटबल खेलमा आ–आफ्ना प्रतिस्पर्धी टिमलाई पराजित गरी फाइनल प्रवेश गरेका रेड हाउसका दुवै ब्वाइज तथा गर्ल्स टिम विजेता बन्न सफल भए। ब्वाइज तर्फ रेड हाउस र ग्रिन हाउस बिचको खेलमा रेड हाउसले ग्रीन हाउसमाथी १९-१४ को जित निकाल्दै विजेता बन्दा गर्ल्सतर्फ पनि रेड हाउसले ग्रीन हाउसमाथी १६—१२लेबाजी मार्यो ।त्यसैगरी पहिलो दिन व्याडमिन्टन,बास्केटबल,क्यारम बोर्ड,बुद्धिचाल लगायत १६ स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतीप्रसाद दाहालले उत्कृष्ट शैक्षिक उपलब्धिको लागि शारीरिक र मानसिकरुपमा स्फुर्त राख्न खेलकुदले सहयोग गर्नेकुरामा जोड दिंदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
त्यसै गरी विद्यालयका संस्थापक निर्देशक जेबी हमालले खेलकुदको विकासका लागी दिर्घकालीन सोचकासाथ विद्यालयमा खेलकुदका भौतिक पुर्वाधारहरु अझै थप गर्दै जानेक्रममा फुटसल ग्राउण्ड निर्माण भइरहेको र आगामी शैक्षिकसत्र २०८१को सुरुवात संगै संचालनमा आउने कुराको जानकारी दिंदै कार्यक्रम समापन पश्चात् विजेताहरुलाई पुरस्कृत गरिने बताएका थिए ।