नेपाल रग्वी संघको आयोजनामा राष्ट्रिय रग्वी लिग फागुनमा हुने

नेपाल रग्वी संघको आयोजनामा राष्ट्रिय रग्वी लिग फागुनमा हुने

कपन अनलाइन
काठमाडौं,माघ २४।
नेपाल रग्वी संघको आयोजनामा राष्ट्रिय रग्वी फिफ्टिन्स रग्वी लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।
लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपिएफ क्लब र गोर्खाली रग्वी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दिपक देवकोटाले जानकारी   दिए ।
सिंगल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए ।
पाँचौं संस्करणको लिगको विजेतालाई उपाधिसँगै ७५ हजार र उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
संघले सहभागी सबै टोलीका लागि तयारी खर्च स्वरुप ५ लाख रुपैयाँ प्रदान गर्नेछ । लिगमा सहभागी टोलीले २१ देखि २६ जना खेलाडी राख्न पाउनेछ ।जसमा विभागीय बाहेकको टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ । यसपटक गोर्खाली क्लबले पाँच जना खेलाडी राखेको छ ।

तपाइँको प्रतिक्रिया ।