पुष्पलाल मेमोरियल कलेज चाबहिलमा खेलकुद सप्ताह सुरु

पुष्पलाल मेमोरियल कलेज चाबहिलमा खेलकुद सप्ताह सुरु

कपन अनलाइन
काठमाडौं,माघ २४।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको पुष्पलाल मेमोरियल कलेज चाबहिलमा खेलकुद सप्ताह सुरु भएको छ।

नियमित पठन पाठन संगै अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकताका साथ आयोजना गर्दै आएको सो कलेजको खेलकुद सप्ताह माघ २६ गते सम्म संचालन हुनेछ।

कलेजको प्राङ्गणमा आयोजना गरिएको खेलकुद सप्ताहको सुरुवातमा कलेज व्यवस्थापन समितिका अध्यक्ष  छन्दप्रसाद आचार्य तथा क्याम्पस प्रमुख  शम्भु अधिकारीले संयुक्तरूपमा उद्घाटन गरेका थिए।

प्रशिक्षकहरूलाई खेल सामग्री हस्तान्तरण गर्दै सुरु भएको सो खेलकुद सप्ताहमा विभिन्न खेलहरु समावेस रहेको कलेजले जानकारी दिएको छ।

त्रिभुवन विश्वविद्यालयले लिएको परिक्षामा बिबिएस दोश्रो वर्षको वार्षिक परिक्षामा  प्रशान्त विस्टले ७७ प्रतिसत अंक सहित प्रथम स्थान हाशिल गरेका थिए।

२०६५ सालबाट +२ र २०६६ बाट स्नातक तह सुरु भएको यस कलेजमा+२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी बिषयहरुको अध्ययन संचालन भइरहेको छ भने  स्नातकतर्फ व्यवस्थापन, शिक्षा र मानविकी विषयमा पढाई हुदै आएको छ र यी सबै संकाय बिहान संचालन हुदै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।