नवजीवन विद्याश्रम मावी सर्लाहीमा पूर्व विद्यार्थीले गरे “नवजीवन मित्रमिलन समाज-२०४८” स्थापना

नवजीवन विद्याश्रम मावी सर्लाहीमा पूर्व विद्यार्थीले गरे “नवजीवन मित्रमिलन समाज-२०४८” स्थापना

कपन अनलाइन

काठमाण्डौ ,माघ २१ ।

सर्लाही जिल्लाको जुटपानीस्थित नवजीवन विद्याश्रम मावीमा अध्ययन गरेर २०४८ सालमा एसएलसी परीक्षा दिएका पूर्व विद्यार्थीहरुले सामाजिक सेवाका कार्यहरू गर्ने उदेश्यसहित “नवजीवन मित्रमिलन समाज-२०४८” को स्थापना गरेका छन्।
२०४८ सालमा एसएलसी परीक्षा दिएर छुटिए देखि भेटघाट हुन नपाएका पुराना साथीहरूलाई सबिन पन्तको संयोजन, केशव न्यौपानेको सहसंयोजन तथा जयनन्द गौतम, यादव घिमिरे, खड्ग पोखरेललगायतका पूर्व विद्यार्थीको सहकार्यमा सर्लाहीको बागमती रिसोर्टमा शनिवार मित्रमिलन तथा वनभोज कार्यक्रम आयोजना गरेर पूनर्मिलन गराइएको थियो।
करिब ३२ वर्षअघि छुटिएका साथीहरूको पूनर्मिलनले वातावरण अत्यन्तै उल्लासपूर्ण बनेको थियो। लामो अन्तरालपछिको भेटघाटमा कतिपय साथीले एकाअर्कालाई चिन्न सकेका थिएनन्। परिचय आदानप्रदान गरि परिचीत बन्नुपरेको माहोलमा सबैले आआफ्नो जीवनका पूर्वार्धका अनुभुतीको बारेमा खुलेर बताएका थिए।
३२ वर्षपछिको भेटमा सबैले आत्मीयता साटासाट गर्न एकदिनको समय अपुग भएको बताईरहेका थिए। यसै कार्यक्रम बीच यो अमूल्य भेटघाटलाई अर्थपूर्ण रूपमा परिणत गर्ने उदेश्यले नै “नवजीवन मित्रमिलन समाज -२०४८” को जन्म भएको छ। जस्ले आफूले अध्ययन गरेको विद्यालय र अन्य आवश्यक स्थानमा सेवाकार्य गर्ने भन्ने लक्ष्य लिएको छ।
सबिन पन्त ‘पृथक’ को संयोजकत्वमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसमा सहसंयोजक केशव न्यौपाने, सचीव जयनन्द गौतम, सदस्यहरुमा ज्ञानबहादुर गोले, भरतकुमार कार्की, सुशीला चालिसे प्याकुरेल र भेषराज भण्डारी रहेकाछन्।
तपाइँको प्रतिक्रिया ।