रोबोटिक्स वर्कसप तथा प्रतियोगितामा बाल उद्दार मवी प्रथम र गणेश मावि दितिय

रोबोटिक्स वर्कसप तथा  प्रतियोगितामा बाल उद्दार मवी प्रथम र गणेश मावि दितिय
सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोबोट बनाउन सिकाउँदै राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगितामा सहभागिता गराउने उद्देश्यका साथ ५ दिन सम्म सञ्चालन भएको अभियानको प्रशिक्षार्थीहरु विच नगर स्तरीय प्रतियोगिता सञ्चालन गरी समापन गरिएको हो ।

 

रोबोटिक्स WIRED CAR RACE प्रतियोगितामा प्रशिक्षार्थीलाई कार्यशालामा बनाउन सिकाईएको WIRED CAR हरु बिच ट्रायक रेस गराईएको थियो । प्रतियोगितामा विभिन्न १४ विद्यालयका समुहहरु समावेश थिए । हरेक समुहमा ५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

सो प्रतिस्पर्थाबाट सबैभन्दा कम समय १ मिनेट ४२ सेकेण्डमा रेस सकाँउदै वडा नं १० को  बाल उद्धार मा.विले उपाधी हात पर्न सफल भएको थियो भने  २ मिनेट ४९ सेकेण्डमा रेस सकाउँदै वडा नं २ को  गणेश मा.वि. प्रतियोगिताको उपविजेता बन्न सफल भएको थियो  ।

सो प्रतियोगिताको  विजेता समुहमा अनोज गौतम, आईब्रो मोक्तान, मुकेश मल्ल, शुभेक्षा रिमाल र अर्पणा खत्री थिईन भने उपविजेता टोलिको समुहमा मिङ्मा शेर्पा, हिमान्शु जि.सि., सुनिता राई, सरिता लामा र कौशल धौराली थिए ।

तपाइँको प्रतिक्रिया ।