सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

सहायक वन अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

कपन अनलाइन
काठमाडौं,माघ १२।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बिहीबार घुससहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई नियन्त्रणमा लिएको हो ।

काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । सात हजार घुस लिएको अवस्थामा र बाँकी ४५ हजार ९७५  स्रोत नखुलेको रकमसहित उनलाई नियन्त्रणमा लिएको अख्तियारले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।