बुढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सुरु,भोलि पनि हुने

बुढानीलकण्ठ नगरपालिकामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला सुरु,भोलि पनि हुने

कपन अनलाइन
काठमाडौं, माघ ११।

बुढानीलकण्ठ नगरपालिकामा माग ११ गते (आज) देखि तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला  सुरु भएको छ ।

मेलाको आज प्रमुख अतिथि बागमती प्रदेश सामाजिक विाकस मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसालले उद्घाटन गरेका थिए  ।  नगरपालिका प्रशासनीक भवन परिसरमा २ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल छन् ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिनमा भ्रमण अवलोकनमा आएका ६३८० जनाले उपस्थिति दर्ता गराएको आयोजकले जनाएको छ ।

बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई. र +२ दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिएका छन ।

आज भएको उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले गरेकी थिइन्  भने प्रमुख अतिथीको रुपमा बागमती प्रदेश सामाजिक विाकस मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसाल उरहेका थिए ।

यस्तै अतिथिमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानीत रोजगारीका लागी सिप परियोजनाका डेप्युटि टिम लिडर कन्चन तामाङ, नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा/शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाको अनुसार आर्थिक वर्ष २०७८/७९ मा बुढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो । उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

यस्तै, यसको दोश्रो संस्करणमा १०४८० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्य ५०४० जनाले प्रत्यक्ष परामर्श पाएको र १७ जनाले रोजगारी समेत प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।